Logo
Logo

मनाङ एयरको हेलिकप्टर दुर्घटना


13.7k
Shares

This image has an empty alt attribute; its file name is manag-air.jpg

काठमाडाैं । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।

ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। ​ हेलिकप्टरमा पाइलट मात्रै रहेका मनाङ एअरले जनाएको छ।

मनाङ एयरका निर्देशक राजु न्यौपानेका अनुसार हेलिकप्टरका पाइलट पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।

पाइलट सेडाईंको उद्धारको लागि एउटा हेलिकप्टर लुक्लाबाट घटनास्थलतर्फ उडेको सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल मण्डलले जानकारी दिए। उनलाई उद्धार गरी काठमाडौं ल्याइँदै छ।

प्रतिक्रिया दिनुहोस्