
काठमाडाैं । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।
ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। हेलिकप्टरमा पाइलट मात्रै रहेका मनाङ एअरले जनाएको छ।
मनाङ एयरका निर्देशक राजु न्यौपानेका अनुसार हेलिकप्टरका पाइलट पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।
पाइलट सेडाईंको उद्धारको लागि एउटा हेलिकप्टर लुक्लाबाट घटनास्थलतर्फ उडेको सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल मण्डलले जानकारी दिए। उनलाई उद्धार गरी काठमाडौं ल्याइँदै छ।














