Logo
Logo

टी-२० विश्वकप छनोट- आज नेपाल र मलेसिया भिड्ने


1.2k
Shares

काठमाडौं । सोमबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा आज नेपाल र मलेसिया भिड्ने भएको छ । सोमबार भएको पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच बिहान ९ बजे खेल सुरु हुनेछ । यदि ओमान र नेपाल दुवै विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

यस्तै नेपालको नजर जितका साथै नेट रनरेटमा पनि हुनेछ । ८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट हुने प्रावधान छ ।

त्यसैले अहिले नेपाली टोली ९ वर्षपछि फेरि टी-२० विश्वकपमा पुग्ने एक मात्र लक्ष्यका साथ खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्