Logo
Logo

मलेसियाविरूद्ध नेपाललाई सातौँ सफलता


378
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियाविरूद्ध सातौँ विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको मलेसियाविरुद्ध नेपालका लागि अविनाश बोहोराले सातौ विकेट लिएका हुन् । उनले मोहम्मद अमिर ८ रनमा आउट गराए ।

मलेसियाले छैटौँ विकेटका रूपमा अइनुल हाफिजलाई तीन रनको व्यक्तिगत स्कोरमा गुमायो । उनी रनआउट हुँदै पेभेलियन फर्किएका हुन् ।

नेपालका लागि गुल्सन झाले पाँचौ विकेट लिए । उनले मलेसियाका सैयद अजिजलाई कुशल भुर्तेलबाट क्याच आउट गराए ।

यसैगरी कप्तान रोहित पौडेलले चौथो र सन्दीप लामिछानले तेस्रो विकेट लिएका थिए । पौडेलले उनले मलेसियाका शर्विन मुनिन्दीलाई आउट गराए । सन्दीपले विरनदीप सिंहलाई ४ रन बनाउँदा एलबिडब्लूको धरापमा पारे ।

त्यसअघि नेपालले पावर प्ले सकिनु दुई बलअघि पहिलो विकेट लिन सफल भएको थियो । नेपालका अभिनास बोहराले जुबइदीलाई २४ रनमा क्याच आउट गरे । अर्को ‌ओभरमा नेपालले अहमद फाइजलाई ३ रनमा रनआउट गर्न सफल भयो ।

मलेसियाले तेस्रो विकेट गुमाउँदा १५.५ ओभरमा सात विकेटको क्षतिमा १४३ रन जोडेको छ ।

समूह ‘ए’ मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्