Logo
Logo

विश्व कप छनोट : आज नेपाल र ओमान भिड्दै


1.2k
Shares

काठमाडौं। नेपालमा जारी आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट अन्तर्गत समुह ए को अन्तिम खेल आज हुँदै छ । आज समुह ए अन्तर्गतका घरेलु टोली नेपाल र ओमानका बिचमा आज प्रतिस्पर्धा हुँदैछ ।

उक्त खेल त्रिभुवन बिश्वविद्यालयको खेल मैदान किर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ । यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर ओमानसँग प्रतिस्पर्धा गर्न पुगेको हो भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । ओमानले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो ।

नेपाल र ओमानबीच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्