Logo
Logo

नेपालले ओमानविरुद्ध टस जितेर फिल्डिङ रोज्यो


630
Shares

काठमाडौं । नेपालमा जारी आईसीसी टी(२० विश्वकप एसिया छनोट अन्तर्गत आज हुने ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ राज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपाल र ओमान लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेलले समूह विजेता र समूह उपविजेताको टुङ्गो लाग्ने छ ।

नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । ओमानको टिममा भने दुई खेलाडी परिवर्तन गरिएको छ । मुहम्मद नदिम र अहमद पयज बटको स्थानमा मुहम्मद नसिम र कलिमुल्लाह प्लेइङ ११ मा छन् ।

प्रतिक्रिया दिनुहोस्