Logo
Logo

ओमानसँग नेपाल ५ रनले पराजित


1.3k
Shares

काठमाडौं । आइसीसी टी २० विश्वकप छनौट खेल अन्तरगर्तको आज भएको समुह ए को अन्तिम अ‍ेलमा घरेलु टोली नेपाल ओमानसँग ५ विकेटले पारजित भएको छ ।

कीर्तिपुरस्थित टीयु मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो ।

विवेक यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम राखेका थिए । तर विवेक चौथो बल र करण केसी अन्तिम बलमा आउट भए ।

अन्तिम बलमा जितका लागि ६ रन आवश्यक भएका बेला करण आउट भएपछि ओमान ५ रनले विजयी हुँदै समूह ए को विजेता बनेको हो ।

प्रतिक्रिया दिनुहोस्