Logo
Logo

नेपाल र यूएईबीचको खेल घरमै बसेर हेर्न क्यानको आग्रह


5k
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल र यूएईबीच हुने खेलका लागि ३५ सय वटा मात्रै टिकट बिक्री गरिने नेपाल क्रिकेट (सङ्घ) क्यानले जनाएको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा शुक्रवार हुने खेलका लागि आईएमई पे बाट टिकट लिन सकिने क्यानले जनाएको छ । ३५ सयभन्दा धेरै दर्शक नअट्ने भएकाले घरमै बसेर खेल हेर्न क्यानले आग्रह गरेको छ ।

यस्तै क्रिकेटसँग सम्बन्धित अतिथिलाई समेत पास वितरण नगरिएकाले घरमै बसेर खेल हेर्न भनिएको छ ।

नेपाल र यूएईबीचको खेल शुक्रबार बिहान ११ बजे शुरु हुनेछ । यो खेल जितेमा नेपालले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्