
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।
मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुने खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।
आजको खेलको विजेताले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने टी–२० विश्वकप खेल्न पाउनेछ । नेपाल सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा मैदान उत्रदैछ । यसअघि सन् २०२२ फेब्रुअरीमा यूएईकै घरेलु मैदानमा यूएईसँगै पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो ।














