Logo
Logo

पोखरा र ललितपुर गोलरहित बराबरीमा रोकिए


441
Shares

काठमाडौं । नेपाल सुपर लिगमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

आज बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले केही अवसर बनाए पनि गोल गर्न सकेनन् । योसँगै दुवै टोलीले १/१ अङ्क बाँडेका छन् ।

दुवै टोलीले आ–आफ्नो पहिलो खेल जितेका थिए । पोखराले चितवनलाई र ललितपुरले बुटवल लुम्बिनीलाई हराएको थियो । आजको बराबरीसँगै दुवै टोलीको ४/४ अङ्क भएको छ ।

प्रतियोगितामा बिहीवार धनगढी एफसी र बुटवल एफसीबीच खेल हुनेछ

प्रतिक्रिया दिनुहोस्