Logo
Logo

वैदेशिक रोजगारबारे निबन्ध प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ५० हजार


378
Shares

This image has an empty alt attribute; its file name is image-246-768x384.png

काठमाडौँ । वैदेशिक रोजगार बोर्डले डिसेम्बर १८ मा मनाइने आप्रवासी कामदार दिवसको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।

‘सुरक्षित वैदेशिक रोजगार’ विषयमा विद्यालयस्तरीय राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ । प्रतियोगितामा देशभरका जुनसुकै विद्यालयका ९ कक्षादेखि १२ कक्षासम्म पढ्ने विद्यार्थीले भाग लिन सक्नेछन् ।

कम्तीमा एक हजार शब्दमा लेखिएको निबन्ध यही मङ्सिर २५ गतेभित्र सचिवालयकाे इमेल ठेगाना [email protected] मा पठाइसक्न बोर्डले अनुरोध गरेको छ । निबन्ध प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्