काठमाडौं । सैनिक श्रीमती संघद्वारा कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पप्रभावित जाजरकोट र रुकुम पश्चिमवासीलाई राहत सामग्री उपलब्ध गराइएको छ ।

संघकी अध्यक्ष श्रीमती सुनिता शर्माले दुवै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न तथा लत्ताकपडा र ब्लाङ्केटसहितका राहत सामग्री उपलब्ध गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सङ्घका अध्यक्ष शर्मासहितका पदाधिकारी आज दुवै जिल्ला पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् ।














