Logo
Logo

कांग्रेस निकट तीन भ्रातृ संस्थामा अध्यक्ष नियुक्त


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेका छन् ।

सभापति देउवाले मंसिर १२ गते नेपाल प्रजातन्त्र सेनानी संघ, भूतपूर्व सैनिक संघ र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा अध्यक्ष नियुक्त गरेका हुन् । प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल नियुक्त भएका छन् ।

यस्तै भूतपूर्व सैनिक संघको अध्यक्षमा कपिलवस्तुका मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थ नियुक्त भएका छन् ।

म्याद समाप्त भई स्वतः विघटन भएका तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्