कास्की । पोखरामा सम्पन्न केपी ओली कप राष्ट्रिय ट्वान्टी–२० कप क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ । शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाइनलमा आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । १३६ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँलै १२४ रन मात्र जोड्न सक्यो ।

बिहीबार पहिलो सेमिफाइनल खेलमा आर्मीले वाग्मतीलाई र दोस्रो खेलमा मधेशले एपीएफलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।














