Logo
Logo

आज ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै


441
Shares

काठमाडौं । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता स् अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको छ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ। अपाङ्गताभएका व्यक्तिका अधिकारको विषयमा जोड दिँदै यो दिवस मनाइन्छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपांगता भएका व्यक्तिको संख्या ६ लाख ४७ हजार ७४४ छ। यसमध्ये पुरुष तीन लाख ५१ हजार ३०१ र महिला दुई लाख ९३ हजार ४४३ छन्।

तथ्यांकअनुसार अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा धेरै शारीरिक अपांगता भएकाहरु ३७.१ प्रतिशत छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000