
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ साढे ५ बजेबाट दशरथ रंगशालमा सुरु हुनेछ ।
दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ । नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ ।
यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको इलामले झापा एफसीलाई हराएर पहिलो जित निकालेको थियो ।दुई खेलबाट ३ अंकसहित इलाम छैटौं स्थानमा छ । लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अंकविहीन हुँदै पुछारमा छ ।














