Logo
Logo

नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाउँदासमेत छुटेनन् तीन आरोपी


7.9k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपी उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएपनि रिहा भएनन् ।
केन्द्रीय कारागारमा रहेका हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई गत शुक्रबार उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतले महर्जनले १५ लाख, मियाँ र केसीले १०÷१० लाख रुपैयाँ धरौटी बुझाएका थिए । तर, उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । उनीहरुलाई अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएकाले रिहा नभएको केन्द्रीय कारागार स्रोतले जनाएको छ ।

शुक्रबार उच्च अदालतले आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । उनलाई पनि अख्तियार र सम्पत्ति शुद्धीकरणमा बुझाउनुपर्ने भएकाले रिहा नगरेको कारागार स्रोतले जनाएको छ ।

शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएकामध्ये ९ जनालाई उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतले टोपबहादुर रायमाझी, इन्द्रजित राई, आङटावा शेर्पालगायत ९ जनालाई थुनामा नै राख्न आदेश दिएको छ । बालकृष्ण खाँणको हकमा भने दुई न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशको इजलासमा पुनः सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्