Logo
Logo

मलेसियाबाट फर्केलगत्तै लामिछाने कतार र बेलायत जाने


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले प्रवास दौडाहामा छन् ।

महोत्तरीको जलेस्वरमा तीन दिन बसेको केन्द्रीय समिति बैठकमार्फत राजनीतिक र वैचारिक यात्रा तय गरेको रास्वपाका सभापति लामिछाने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहरासहित विदेश यात्रामा निस्किएका हुन् ।

उनले प्रवासको पहिलो यात्रा मलेसियाबाट सुरू गरेका छन् । प्रवासी नेपाली सम्पर्क समिति, मलेसियाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन दुई दिनअघि त्यहाँ पुगेका लामिछाने भोलि मंगलबार स्वदेश फर्कंदैछन् ।

त्यसपछि उनी बिहीबार कतार जाने कार्यतालिका रहेको छ । उनी कतारबाटै बेलायत जाने तयारी रहेको पनि पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

रास्वपाको ३० बढी देशमा प्रवास समिति बनिसकेको छ । त्यसलाई वैधानिकता दिनका लागि पनि रास्वपा प्रवास दौडाहामा निस्किएको हो ।

प्रतिक्रिया दिनुहोस्