
काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने पाँच जना पक्राउ परेका छन् ।
काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वर लगायत विभिन्न ठाउँबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा–३ घर भएका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु–३ घर भएका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीको सुनकोसी–६ घर भएका ४४ वर्षीय सेते सार्की, सल्यानको कपुरकोट–५ घर भएका २५ वर्षीय शिवराज परियार र नुवाकोटको विदुर–६ घर भएका २० वर्षीय अमृत रोक्का रहेका छन् ।
उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।














