Logo
Logo

नेपाल सुपर लिग : काठमाडौं र झापाबीचको खेल गोलरहित बराबरी


756
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्स एफसी र झापा एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौं र झापाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलमा दुवै टोलीले केही अवसर बनाए पनि गोल गर्न सकेनन् ।

बराबरीसँगै काठमाण्डौ ३ खेलमा ५ अङ्क जोड्दै तालिकाको ५ औँ स्थानमा छ । उति नै खेलमा २ अङ्क भएको झापा ८ औँ स्थानमा छ । काठमाण्डौले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० गोलले हराएको थियो भने एफसी चितवनसँग १–१ गोलको बराबरी खेलेको थियो ।

यस्तै झापाले पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० ले हार बेहोरेको थियो भने दोस्रो खेलमा पोखरा थन्डर्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

एनएसएलमा भोलि मङ्गलवार ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेड खेल्दैछन् । खेल दशरथ रङ्गशालामा बेलुकी ५ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्