Logo
Logo

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क


567
Shares

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने भएको छ ।

मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज)को हर्मोन पोजेटिभ भएका विरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याबलेट निःशुल्क उपलब्ध गराइने अङ्कोलोजिष्ट डा अरुण शाहीले जानकारी दिए ।

डा शाहीका अनुसार निःशुल्क वितरण गरिने औषधि मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै सहज र प्रभावकारी हुन्छ । उनले भने, ‘अमेरिकामा पहिलो रोजाइमा पर्ने यो औषधि विश्वस्तरीय ब्राण्ड हो र यसले यूएसएफडीए मान्यतासमेत पाएको छ ।’

म्याक्सले पाटनमा वितरण गरेका अरु क्यान्सरका औषधि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट समेत निःशुल्क उपलब्ध हुने गरे पनि पछिल्लो पटक आएको स्तन क्यान्सरको यो औषधि पाटन अस्पतालबाट मात्र निःशुल्क वितरण हुने गरेको छ ।

डा शाहीका अनुसार उक्त औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने र त्यसको खर्च १ लाख रुपैयाँभन्दा बढी पर्छ।

प्रतिक्रिया दिनुहोस्