
काठमाडौं । एसिसी यू-१९ एसिया कपमा आज भइरहेको नेपाल र पाकिस्तानबीच खेलमा नेपालले २ विकेट गुमाएको छ ।
युएईको दुबईमा आजदेखि सुरु भएको उक्त खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले आठौं ओभरमा दोस्रो विकेट गुमाएको हो।
नेपालका आकाश त्रिपाठी ६ रनमा आउट भएका छन् भने त्यसअघि तिलक भण्डारी ७ रनमा क्याच भएका थिए। नेपालले ७।४ ओभरमा २ विकेट गुमाउँदा २५ रन जोडेको छ।














