Logo
Logo

नेपाल सुपर लिग : ललितपुर सिटी शीर्ष स्थानमा


378
Shares

काठमाडौं । ललितपुर सिटी एफसी नेपालल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आज (आइतबार) दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनलाई ३-१ गोल अन्तरले पराजित गर्दै ललितपुर शीर्ष स्थानमा उक्लिएको हो । ललितपुरको जितमा पापा केबेले २ र विवेक पौडेलले १ गोल गरे । चितवनका रफिक अमिनुले १ गाेल फर्काए ।

समान पाँच खेलमा ललितपुर दुई जित र तीन बराबरीसहित ९ अंक बटुल्यो । चितवन भने एक जित, समान दुई बराबरी र हारसँगै पाँच अंकसहित छैटौँ स्थानमा झरेको छ । काठमाडौँ रेजर्सको पनि समान पाँच अंक भएपनि गोलअन्तरको पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्