Logo
Logo

सहकारी ठगी प्रकरण : रवि लामिछाने र दीपेश पुनविरुद्ध प्रहरीमा जाहेरी


1.8k
Shares

पोखरा । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् ।

दर्ता भइनसकेको उक्त जाहेरीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम पनि उल्ले छ । दीपेश नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्सीका एसपी मोहन थापाले यो प्रकरणमा रवि र दीपेशसहितविरुद्ध पुरक जाहेरी परेको बताए ।
‘रवि लामिछाने र दीपेश पुनसहित जीबी राईले चलाएका १६ वटा कम्पनीविरुद्ध पुरक जाहेरी आएको छ’, उनले भने’, हामीले यसबारे केही दिनदेखि अनुसन्धान गरिरहेका थियौँ । अब दोषी देखिएका मानिसहरूविरुद्ध पुरक प्रतिवेदन अदालत जान्छ ।’

सहकारीपीडितले आइतबार नै जाहेरी दर्ता गराउन चाहेका थिए । तर कास्की प्रहरीले ‘सूचना दिनुस्, पुरक जाहेरी दर्ता गरिरहनु पर्दैन’ भनेर उनीहरूलाई फर्काइदिएको थियो ।

सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्बभन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्वअध्यक्ष गितेन्द्र (जीबी) राईसहित दर्जनौँ व्यक्ति अहिले फरार छन् ।

प्रतिक्रिया दिनुहोस्