
काठमाडौं । नेकपा एमाले भोजपुरको ९औं जिल्ला अधिवेशनको मिति सरेको छ । यसअघि २०८१ वैशाख ३ र ४ लाई तय भएको थियो । तर, आगामी बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनलाई देखाउँदै एमालेले अधिवेशनको मिति सारेको हो ।
केन्द्रको निर्देशनअनुसार बैशाखकै २० र २१ गते महाधिवेशनको नयाँ मिति तोकिएको भोजपुरका एमाले अध्यक्ष शरणकुमार राईले बताए । शनिबार बसेको पदाधिकारी बैठकले अधिवेशनका लागि सबै निर्वाचन क्षेत्रबाट वैशाख १३ गते प्रतिनिधि छनोट गर्ने निर्णयसमेत गरेको छ ।














