Logo
Logo

अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा विरोध


0
Shares

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा विरोध गरिएको छ । हिन्दु सम्राट सेनाका कार्यकर्ताले मलंगवामा सिंहविरुद्ध प्रदर्शन गर्दै पुत्ला दहन गरेका छन् । कालो झण्डा देखाउने क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

The current image has no alternative text. The file name is: siraha.jpg

पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा शनिबार सर्लाही आइपुगेका सांसद सिंहलाई साँझ मलंगवामा हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । सिंहका विगतका अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको भन्दै उनीहरूले आपत्ति जनाएका थिए ।

प्रदर्शनका क्रममा कार्यकर्ताहरूले मलंगवास्थित जिल्ला विकास चोकमा रहेको बाबा स्वामी मठ नजिक सिंहको पुत्लासमेत जलाएका छन् ।

हिन्दु सम्राट सेनाका नेता कृष्णा यादवका अनुसार कालो झण्डा प्रदर्शन गर्ने क्रममा प्रहरीले आफ्ना चार जना कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै सेनाका कार्यकर्ताले विरोध जनाएका छन् । प्रदर्शनकारीहरूले कार्यकर्ता पक्राउ गरेर विरोध प्रदर्शन गर्ने अधिकारमाथि अंकुश लगाउन खोजिएको भन्दै आपत्ति व्यक्त गरेका छन् ।

यता, पदयात्राका क्रममा सर्लाही आएका सांसद सिंह आज राति सदरमुकाम मलंगवामै बस्ने कार्यक्रम छ । रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँका अनुसार सिंहको पदयात्रा भोलि बिहान ७ः३० बजेदेखि पुनः सुरु हुनेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000