Logo
Logo

दुर्गा प्रसाइँले भने- न्याय मरेको छैन भन्ने सर्वोच्चले स्थापित गरेको छ


315
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाइँले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईले राज्यले १३ वर्षदेखि बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएर तड्पाइरहेको भन्दै अहिले सर्वोच्चले न्याय दिएको बताएका हुन् ।

उनले भने, ‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ । एलओआई दिएरपनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो । न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ ।’ केही दिनअघि सर्वोच्च अदालतले प्रसाईंको रिटको पक्षमा आदेश सुनाएसँगै बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन लिन बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्