Logo
Logo

जसपाको केन्द्रीय संगठन विभागको सचिवमा लाक्पा शेर्पा चयन


3.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको सङ्गठन विभागको सचिवमा पार्टीका राजनीतिक समिति सदस्य लाक्पा शेर्पा चयन भएका छन् । शनिबार बसेको विभागको बैठकबाट शेर्पा सर्वसम्मत सचिव चयन भएका हुन् ।

जसपाको २६ वटा केन्द्रीय विभाग गठन भएका छन् । जसपाले प्रमुख र उपप्रमुख केन्द्रीय समितिको बैठकको निर्णयबाट तय गर्दछ भने सचिव भने विभागको बेठकबाट सदस्यमध्येबाट चयन गर्ने गर्दछ । कृषि तथा भूमि व्यवस्था विभागले ओमकृष्ण श्रेष्ठलाई सचिव चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्