Logo
Logo

बागमतीमा नेकपा एसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने


2.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।

विश्वासको मत दिन सरकारमा आलोपालोको शर्त राखेको एकीकृत समाजवादीले सोमबार केन्द्रमा सहमति भएपछि विश्वासको मत दिने निर्णय गरेको हो । एकीकृत समाजवादी बागमती प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद खनालले माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताए ।

गत फागुन २३ गते नेपाली कांग्रेसले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्