Logo
Logo

दलित सूचीविरुद्ध सडकमा नेवार समुदाय


0
Shares

काठमाडौं । बिना अध्ययन काठमाडौंका नेवार जातिलाई दलित सूचिमा समावेश गरिएको भन्दै उपत्यकाका नेवार समुदायले सरकारको विरोध गरेका छन् । शनिवार काठमाडौंको असन डबलीमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

The current image has no alternative text. The file name is: newar-1.jpg

प्रदर्शनकारी सुशन वैद्यले सरकारले नेवारहरूका ४० वटा थरलाई दलित सूचिमा समावेश गरेकाले त्यो स्वीकार्य नरहेकाले विरोध गरेको बताए । सूचिकृत गर्दा दलित आयोगले कुनै समुदायसँग छलफल नगरी र वैज्ञानिक अध्ययन बिना नै हचुवाको भरमा दलित घोषणा गर्नु अन्याय र विभेदकारी रहेको बताए ।

नेवार समुदायमा दलित र उपेक्षित नरहेको बताए । समाजलाई बिगार्नका लागि सरकार लागेको भन्दै उहाँले आफूहरूलाई यो कुरा स्वीकार्य नहुने बताए । निर्णय नसच्चिए नेपाली काँग्रेस अझै कडा विरोधमा उत्रिने चेतावनी दिए । नेपाली काँग्रेसका काठमाडौं महानगरपालिका सभापति समेत रहेका उनले नेवार समुदाय आफैँ एउटा राज्य रहेको र काठमाडौंमा रहेका समुदायलाई भाँड्ने काममा सरकार लागेको बताए ।

प्रदर्शनमा आएकी  नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा। अमिता प्रधान शाक्यले नेवारहरूको सांस्कृतिक पहिचानमाथि आक्रमण गरिएको बताइन् । उनले नेवार समुदायमा दलित भन्ने वर्ग नै नरहेको बताउँदै जीवित देवीको थर पनि दलितमा परेको उल्लेख गरिन् । देशभरका नेवार समुदायमाथि प्रहार गरिएको भन्दै उनले यस किसिमको निर्णय गर्दा सम्बन्धित पक्ष र समुदायसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा सरकारले रवैया देखाएको आरोप लगाइन् । समुदायको पहिचानमाथि आक्रमण गर्नु सरकारका लागि राम्रो नहुने बताइन् । सरकारमा रहेका व्यक्तिहरू कतिसम्म गैर जिम्मेवार छन् भन्ने कुरा यसबाटै थाहा हुने उनको भनाइ छ । यसले भविष्यमा जातीय द्वन्द्व निम्त्याउनसक्ने चेतावनी दिइन् । 

नपाली काँग्रेसकी केन्द्रीय सदस्य सपनाराज भण्डारी जोशीले सरकारले राजपत्रमा निकालिएको कुरा बिना अध्ययन र अनुसन्धानमा ल्याइएको बताइन् । समुदायसँग कुनै परामर्श नगरिएको र मानिसको भावनामा ठोस लागेको बताइन् । आन्दोलनको रूपमा आगामी दिनमा झनै बढ्दै जाने चेतावनी दिइन् । राज्यले नागरिकको आत्मसम्मानमा ठोस पु¥याउनु नहुने बताइन् । 

उनीहरूले ऐतिहासिक तथ्य र पहिचानको सम्मान गर्, आयोगको काम सिफारिस गर्ने, हचुवामा होइन, प्रमाण हेर्ने, न अध्ययन, न अनुसन्धान, हचुवाको भरमा शासन सञ्चालन, विरोध र द्वन्द्व हिंसाको लागि होइन, अधिकार र पहिचानको लागि, गणतन्त्रको पहिलो दलित प्रधानमन्त्री भएकोमा माननीयज्युलाई बधाई, सरकारको स्वेच्छाचारी निर्णय बन्द गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरूले दलित आयोग खारेज गर्न माग समेत गरेका छन् । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000