काठमाडौं । नेकपा एकीकृत समाजवादी मकवानपुरको जिल्ला अधिवेशन आगामी बैशाख १५ र १६ हुने भएको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।
अधिवेशन हेटौंडा उपमहानगरपालिका– ४ स्थित रोयल पार्टी प्यालेसमा हुन तय भएको छ । पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेतले पार्टीले कृयाशील सबै सदस्यलाई उत्तिक्कै उचित अवसर र मौका दिने बताए ।

बैठकमा पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सदस्य एवं पार्टी मकवानपुर इन्चार्ज मुनु सिग्देल, केन्द्रयि सदस्य राजाराम स्याङतानको विशेष आतिथ्यता थियो ।














