Logo
Logo

सेनाका ५६ जना उपसेनानीले लगाए फुली


6.1k
Shares

काठमाडौं । नेपाली सेनाका नवनियुक्त ५६ जना उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले पदोन्नती भएका उनीहरुलाई बुधबार जङ्गी अड्डामा आयोजित एक समारोहमा उपसेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

हवाई, प्राविधिक र विविध सेवा अन्तरगत नवनियुक्त ५६ जना उपसेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको जङ्गी अड्डाले जनाएको छ । सो कार्यक्रममा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000