Logo
Logo

छठले प्रकृतिप्रतिको सम्मान र पारिवारिक एकताको सन्देश दिन्छ : राष्ट्रपति पौडेल


0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना र पारिवारिक एकताको सन्देश दिने बताएका छन् ।

The current image has no alternative text. The file name is: rastpati.jpg

छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै मनाइने यस पर्वले राष्ट्रिय एकता अभिवृद्धि, मौलिक संस्कृतिको संरक्षण र सामाजिक सद्भाव सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामनासमेत गरेका छन् । तराई–मधेश क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली जिल्लामा समेत श्रद्धा र भक्तिपूर्वक मनाउने क्रम बढ्नु खुसीको विषय भएको उनको सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले छठ पर्वले स्वच्छता, सात्विकता, संयमता र सद्भावको परम्परालाई अघि बढाउँदै समाजमा विद्यमान जातीय, वर्गीय तथा लैङ्गिक विभेद र विकृति अन्त्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

उनले छठ पर्वले राष्ट्रिय एकता, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको यात्रालाई थप बलियो बनाउन प्रेरणा प्रदान गरोस् भन्दै छठी माता र सूर्य भगवान्सँग कामनासमेत गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000