काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा विविध दूरसञ्चार सेवाहरू उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकम र सर्वोच्च अदालतबिच बुधवार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह–रजिस्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा समर्पित इन्टरनेट र समर्पित इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस अर्लेट सेवा र फुल एसएमएस सेवा ‘छोटो कोड’ उपलब्ध गराउनेछ ।
हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरू तथा उच्च अदालत अन्तर्गतका इजलासहरू र विभिन्न जिल्ला अदालतहरूमा उपलब्ध हुनेछ ।














