काठमाडौं । सरकारले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले श्रम अदालतको मुकाम काठमाडौँमा रहने गरी तोकिएकामा सो को सट्टा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने निर्णय गरेको हो । बैठकले उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने भएको छ ।

बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्रा डा पशुपति चौधरी र सदस्य पदमा सिरहाका डा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्नेे निर्णय गरेको छ ।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा झापाका डा ज्ञानेन्द्रमानसिंह कार्कीलाई मनोनयन गर्नेसमेत बैठकले निर्णय गरेको छ ।














