पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेश गरेका छन् । उनले एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् ।

यसमा सभामुखसमेतको संख्या गनिएको छ । यसअघि कोशीमा पनि सभामुखसहित संख्या जोडेर मुख्यमन्त्री दावी पेश गरिएको थियो । तर, उक्त दावी पछि अदालतले उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने देखिएको छ ।
गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र सांसद मनाङे गरी ३१ सीट पुग्छ । दलको सीट संख्याका आधारमा बहुमत पु¥याएर दावी पेस गरिएको नेता अधिकारीले बताए ।














