Logo
Logo

प्रधानमन्त्री शाहको छठ शुभकामना-उदाउँदो र अस्ताउँदो सूर्य दुवैलाई समान सम्मान गरौँ


0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मान गर्नुपर्ने बताएका छन् । छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले छठले जीवनको गहिरो दर्शन सिकाउने बताएका हुन् ।

The current image has no alternative text. The file name is: balen-3.jpg

उनले भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने छठ पर्व परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामनासँग जोडिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले छठ पर्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष उदाउँदो सूर्यलाई मात्र नभई अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिनु भएको बताए । यस परम्पराले प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्नुका साथै जीवनका हरेक अवस्थालाई समान रूपमा सम्मान गर्न प्रेरित उनको भनाइ रहेको छ ।

चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय-खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा छ ।

शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको सङ्कल्प पूरा गर्न प्रेरणा दिने उनको विश्वास छ । सन्देशको अन्त्यमा उनले मैथिली भाषामा समेत शुभकामना व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘छैठके बहुत रास शुभकामना१ दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000