Logo
Logo

सन्दीपको मुद्दामा फैसला आजै आउने, अदालतबाहिर सुरक्षा व्यवस्था कडा


2k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनवाइ भइरहेको छ । हिजो (मंगलबार) हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट उच्च अदालत पाटमा सुरु भएको हो ।

उक्त मुद्दाको फैसला आजै आउने तयारी भइरहेको छ । आज फैसला आउने तयारी भइरहँदा अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सन्दीपका समर्थक मात्र होइन, पत्रकारलाई समेत गेटभित्र छिर्न दिइएको छैन । उच्च अदालतका रजिस्टार तथा प्रवक्ता विमल पराजुलीका अनुसार फैसलापछि सुरक्षा संवेदनशीलता उत्पन्न हुने भन्दै कडाइ गरिएको हो ।

उच्च अदालतको गेटदेखि हरिहर भवनसम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन् । हिजो उच्च अदालत बाहिर सन्दीपका समर्थकले नाराबाजी गरेका थिए । आज पनि अदालतको गेट बाहिर सन्दीपका समर्थक बेला हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्