
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनको निवास बुढानीलकण्ठ पुगेका थिए । सभापति लामिछानेका स्वकीय अविनास आचार्यका अनुसार, उनीहरुबीच पाँच घण्टा छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्रीले भारत भ्रमण, सरकारका कार्य लगायतका विषयमा लामिछानेलाई जानकारी गराएका थिए । भेटमा संसद बैठक आव्हान, विधेयक, अध्यादेश लगायतमा पनि छलफल भएको थियो ।
मन्त्री, मन्त्रालय र सरकारका काम कारबाहीबारे कुरा भएको स्वकीय सचिव आचार्यले बताए । पार्टीले सुरु गर्न लागेको प्रशिक्षण लगायतका विषयमा पनि छलफल भएको उनको भनाई थियो ।


















