Logo
Logo

बाणिज्य बैंकको सीईओका लागि पाँच प्रतिस्पर्धीको नाम सार्वजनिक


1.2k
Shares

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको सीईओ बन्ने प्रतिस्पर्धामा रहेकामध्ये पाँच जनाको नाम सार्वजनिक भएको छ । सीईओ छनोट समितिले कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, बिष्णुदेव यादव र शंकर केसीको नाम टप फाइभमा समावेश गरेको हो ।

टप फाइभ परेक प्रतिस्पर्धीलाई अन्तरवार्ता र प्रस्तुतिकरणका लागि जेठ ९ गते बोलाइएको बैंकले जनाएको छ । टप फाइभमा परेकामध्ये गोरखाका खनाल र लमजुङका अधिकारीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । खनाल परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठका ‘खास बैंकर’ मानिन्छन् भने हाल उनी बैंकमा निमित्त सीईओको जिम्मेवारीमा रहेका छन् ।

यस्तै, नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर अधिकारी पनि अर्का प्रवल दावेदार हुन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारका पालामा अधिकारीलाई नेपाल बैंकको सीईओ नियुक्त गरिएको थियो ।

नेपाल राष्ट्र बैंकपछि राष्ट्रिय बाणिज्य बैंकको सीईओलाई शक्तिशाली पद मानिन्छ । न्युन ब्याजमा सस्तो ऋण पाइने भएकाले पनि यो बैंकको नेतृत्वमा आफ्ना मान्छेलाई पुर्याउन कर्पाेरेट हाउसहरुबीच पनि तिब्र प्रतिष्पर्धा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्