Logo
Logo

गण्डकी सरकारविरुद्धको मुद्दा न्यायाधीशद्वय रेग्मी र पोखरेलको इजलासमा


189
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारको वैधानिकतासम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतमाथि वैधानिकताको प्रश्न उठाउँदै कांग्रेसका सुरेन्द्रराज पाण्डेले दायर गरेको उक्त मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको हो ।

यसअघि उक्त रिट उपर न्यायाधीश अब्दुल अजिज मुसलमानले प्रारम्भिक सुनाइ गर्दै अर्को सुनुवाइ नभएसम्म दीर्घकालीन असर गर्ने कुनै निर्णय नगर्न आदेश जारी गरेको थियो । साथै, मंगलबार पेशी तोकिएको थियो ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सिट आवश्यक पर्छ । तर, सभामुख कृष्णप्रसाद धितालले ३० सिटलाई नै बहुमतको आधिकारिकता दिएको भन्दै कांग्रेस सर्वोच्च पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्