Logo
Logo

टीओआरमा रविको नाम लेख्न आवश्यक नभएको कांग्रेसको निष्कर्ष


3.8k
Shares

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडानबाट नेपाली कांग्रेस ब्याक भएको छ ।

लामो समयदेखि रास्वपा सभापतिसमेत रहेका लामिछानेको नाम किटान गरेर संसदीय छानविन समिति बनाउनुपर्ने अडानसहित संसद अवरुद्ध गर्दै आएको कांग्रेस अन्तिम समयमा ब्याक भएको हो ।

हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेताहरूको छलफलमा गृहमन्त्री जोडिएको सहकारी र संस्थाको नाम मात्रै लेखेर समिति बनाउन कांग्रेस तयार भएको हो । हिजो सरकारसँग भएको सहमति आज बिहान बसेको संसदीय दलको बैठकले अनुमोदन गरिसकेको छ ।

संलग्न मानिस जोसुकै भए पनि छानबिन र अनुसन्धान हुनसक्ने स्थिति हुने भएकाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक नभएको निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताए । कार्यादेशलाई अन्तिम रूप दिन अहिले कार्यदलको बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्