Logo
Logo

‘आठ हजारमाथिका हिमाल चढेपछि मात्रै सगरमाथा चढ्न पाउने मापदण्ड बनाऔं’


630
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हिमाल आरोहणको मापदण्ड व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ७१औँ सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमाल आरोहणलाई नियमन गर्न जरुरी रहेको बताएका हुन्।

आरोहणको मापदण्ड व्यवस्थित बनाउन आठ हजार मिटरमाथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने उनको भनाई थियो । हाल ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था छ । उक्त व्यवस्था हटाई आठ हजार मिटरमाथिको हिमाल चढेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने व्यवस्था गर्न आवश्यक रहेको उनले बताएका हुन् ।

उनले भने, ‘हिमाल आरोहणलाई नियमन गर्न जरुरी छ । यसको मापदण्डलाई व्यवस्थित बनाउन जरुरी छ । अहिलेको ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था छ । अब आठ हजार मिटर माथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्छ । त्यसो हुँदा हाम्रा आठ हजार मिटर माथिका हिमालहरूको संख्या बढ्छ । जनताको अर्थिक अवस्थामा पनि राम्रो हुन्छ,’ उनले भने ।

हिमालहरूको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको र अहिले हिमनदीहरु क्रमशः सुक्ने, हिमाल कालो हुँदै जाने गरेको बताए ।

‘जलवायु परिवर्तनको चपेटामा आज हाम्रो देश पनि अछुतो रहेन । हामीले वन क्षेत्रको संरक्षणमा उल्लेख्य उपलब्धि हासिल गरेका छौँ । यसले हाम्रो पर्यावरणलाई धेरै हदसम्म राहत दिएको छ । तर, हामीसँग भएका हिमालहरूका सन्दर्भमा जे जति पहलकदमी लिनुपर्ने हो, त्यो गर्न सकिरहेका छैनौँ । फलस्वरुप अहिले हिउँ नदीहरू क्रमशः सुक्ने अवस्थामा छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्