Logo
Logo

संसदीय समितिले जीबी होस् कि रवि सबैको बयान लिन्छ : गगन थापा


315
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सहरकारी ठगीबारे जाँचबुझ गर्न बनेको संसदीय छानबिन समितिले जीबी राई होस् वा रवि लामिछाने सबैको बयान लिने बताएका छन् ।

प्रतिनिधसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । उनले भने, ‘सूर्यदर्शन लगायतका सहकारीहरु जसबाट गोर्खा मिडियामा रकम गएको छ, त्यो रकम एक रुपैयाँ गएको पनि गैर कानुनी हो । यो गैर कानुनी रकम प्रवाह भएकोमा अध्ययन हुन्छ । यो समितिले सहकारीको खाता पनि पल्टाउँछ । गोर्खा मिडियाको खाता पनि पल्टाउँछ । खाता मात्रै पल्टाउँदैन । त्यो गोर्खा मिडिया सञ्चालन गर्ने मालिक जीबी होस् कि छवि होस् कि रवि होस् कि कवि होस् उसलाई पनि बोलाउँछ । बकैदा बोलाउँछ । छानबिन गर्छ । बयान लिन्छ ।’

समितिले कानुन बमोजिम कारबाही गर्न सिफारिस गर्ने पनि उनले बताए । सदनलाई ढाँट्ने महान्यायधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्म सबैलाई समितिले बयानका लागि बोलाउने कुरामा आफूहरु ढुक्क रहेको पनि जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्