Logo
Logo

आलोचना भएपछि यूएन पार्क-कुपण्डोल सडकबाट पोल सार्न सुरु


2.1k
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले बागमती करिडोरस्थितत यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट पोल सार्न सुरु गरेरको छ ।

यूएन पार्क–कुपण्डोल खण्डमा पोल नसारी सडक पिच गरेको भन्दै आलोचना भएपछि महानगरपालिकाले आज बिहानेदेखि पोल सार्न सुरु गरेको हो । पोल सार्न महानगर प्रहरीसहितको टोली परिचालन गरिएको छ ।

यूएन पार्कदेखि कुपण्डोलसम्मको जिर्ण करिडोर सडक शुक्रबार बेलुका आवातजावत बन्द गरेर पिच गरिएको थियो । सडकका खाल्डाखुल्डी पनि नपुर्दा यात्रा कष्टकर हुने गर्दथ्यो । हिउँदभरि धुलो उडेको यो सडक खण्डमा वर्षा सुरु हुन थालेलगत्तै पिच गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्