
काठमाडौं । तनहुँको ब्यास नगरपालिकामा पानी बोकेको ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।
सेमबार दिउँसो व्यास नगरपालिका १ स्थित पृथ्वी राजमार्गमा दमौली तर्फ जाँदै गरेको मोटरसाइकललाई सडक निर्माण गर्न पानी हाल्दै गरेको ट्यांकरले ठक्कर दिँदा २९ वर्षीय प्रविन कैनीको मृत्यु भएको हो ।
ट्यांकरको ठक्करपछि गम्भीर घाइते भएका कैनीलाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाईंले जानकारी दिए । दुर्घटनापछि प्रहरीले ट्यांकर चालकलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।














