Logo
Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?


1.8k
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । यस दिन छापावाल सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको हो ।

सोमबार प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा चाँदी एकैदिन २५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्