काठमाडौं । प्रभु बैंकले बन्दीपुरका नौ होटल तथा रेष्टुरेन्टहरुमा छुटसम्बन्धी सम्झौता गरेको छ । बन्दीपुरमा अवस्थित बन्दिपुर इको होटल प्रालि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रालि, हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तीनधारा, वल्र्ड हाउस क्याफे एण्ड लजबीचमा प्रभु बैंकद्वारा आफ्ना कर्मचारी तथा ग्राहक वर्ग लक्षित गरी उपलब्ध सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतामा बन्दीपुर इको होटलको तर्फबाट निर्देशक सूर्यप्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्टका प्रोपाइटर संगीता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीरकुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मीनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटल प्रालिका निर्देशक विश्वप्रकाश सुल्पे, हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लजका प्रोपाइटर रबि शान्ति पिया, होटल तीनधाराका प्रोपाइटर सुमनसन श्रेष्ठ, वल्र्ड हाउस क्याफे एण्ड लजका प्रोपाइटर नन्दा पिया र प्रभु बैंकका तर्फबाट डुम्रे शाखाको शाखा इन्चार्ज बिटुमाया बस्नेतले समझदारी हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारजनले माथि उल्लेखित सम्झौतामा भएका होटल तथा रेष्टुरेण्टमा उपलब्ध सेवाजस्तै आवास, खाना, मनोरञ्जन सभाहललगायतका सेवामा ५ देखि २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकले आफ्नो बैंकसँगको आबद्घताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने जनाइएको छ ।
ग्राहकको रोजाइको अग्रणी बैंकका रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभुका नेपालभर ३०६ शाखा कार्यालय, २८६ एटिएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको जनाएको छ ।














