महेन्द्रनगर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ । नयाँ सत्ता समीकरणको सहमति गरिसकेका कांग्रेस मधेश प्रदेशको नेतृत्व जनमत पार्टीलाई दिन तयार भएको हो ।

सिंहले भोलि विहान ११ बजे प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ ।
जनमत पार्टीसँग प्रदेश सभामा १३ सांसद छन् । कांग्रेस र एमालेको साथ पाएपछि सिंहले प्रदेश सभाको बहुमत पाउने भएका छन् ।











