Logo
Logo

प्रचण्डलाई गैरेको कटाक्ष- ‘उडायो सपना सबै हुरी’ले गीत गाएर राजीनामा दिए हुन्छ


3.2k
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल पदबाट राजीनामा दिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोेल्दै उनले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरेका हुन् ।

अल्पमतमा परेको प्रचण्ड सरकारले पनि बाँसुरी बजाइरहेको उनले टिप्पणी गरे । ‘रोम जलिरहेको अवस्थामा राजाले बाँसुरी बजाएर बसेको’ कथनजस्तै ‘घोर’ । सरकार यस्तो पनि हुँदो रै’छ कहिले कहिले, गीत गाएर बसेको छ । बरु, उडायो सबै सपना हुरीले गीत गाएको भए हुने नि !,’ उनले भने ।

सांसद गैरेले आफू अल्पमतमा परेको थाहा हुँदाहुँदै प्रधानमन्त्री प्रचण्ड ‘धारापानी र संविधानमा प्वाल खोज्दै हिँडेको’ आरोप लगाए । प्रधानमन्त्रीले ‘अस्थिरता, बेथिति र विभाजनतर्फ देशलाई लैजान प्रयत्न गर्दै सदनमा पनि सोहीअनुरूप तर्क–वितर्क भइरहेको’ उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्